• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कुशहामा आगलागी हुँदा २० लाखको क्षति

राजविराज, १ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकामा गएराति भएको आगलागीमा २० लाखको क्षति भएको छ । वडा नं. १२ कुशाहामा भएको आगलागीमा आधा दर्जनभन्दा बढी पशुचौपाया मरेका छन् ।
मोहम्मद जलधर खानको गोठमा बालेको घुरबाट आगलागी सुरु भएको थियो । आगोले उनको १ घर र १ गोठ तथा छिमेकी मो. ममताज खानको १ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा जलधरको ५ लाख नगद, अन्नपात, पशुचौपाया लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
फागुन २५ गते हुन लागेको छोरीको विवाहका लागि जलधरले बैंकबाट रकम निकालेर घरमा राखेका थिए । यसैगरी मो. ममताजको गोठ, पशुचौपाया लगायत गरी ५ लाखको क्षति भएको छ ।