धर्मी–हल्फाद्वारा एच.आइ.भी. संक्रमितलाई कम्बल

धर्मी–हल्फाद्वारा एच.आइ.भी. संक्रमितलाई कम्बल
Sinha Tempo

राजविराज, २९ माघ । एच. आइ. भी. संक्रमित २० जनालाई सप्तरी स्थित एक संस्थाले कम्वल वितरण गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लवले हेल्प नेपाल नेटवर्कको सहयोगमा २० जना एच. आई. भी. संक्रमित व्यक्तिहरुलाई सोमवार गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा कम्वल वितरण गरेको हो । संस्थाको अध्यक्ष एवम् समाजसेवी ई. सूर्यनारायण यादव, अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दयाशंकरलाल कर्ण र नेपाल पत्रकार महासंघ शाखा सप्तरीको उपाध्यक्ष सुधा देवले संयुक्त रुपमा कम्वल वितरण गरेका छन् ।
कार्यक्रममा अस्पतालको एच. आई. भी. फाँटका इञ्चार्ज सुनिता यादव, प्रशासन प्रमुख सूर्य नारायण महतोको समेत उपस्थिति रहेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. यादवले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author