हातमा कालोपट्टी बाँधेर काम गर्दै राजविराज क्याम्पसका प्राध्यापकहरु

हातमा कालोपट्टी बाँधेर काम गर्दै राजविराज क्याम्पसका प्राध्यापकहरु
Sinha Tempo

राजविराज, २८ माघ । महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजलाई त्रिभुवन विश्व विद्यालयकै आङ्गिक क्याम्पसको रुपमा राखिनुपर्ने भन्दै प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुले चरणवद्ध संघर्षका कार्यक्रम अगाडि बढाएका छन् ।
फागुन २८ गतेदेखि फागुन ६ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने कार्यलाई अगाडि बढाएका हुन् । फागुन ८ गते दुई घण्टा कलम बन्द, फागुन ९ गते तीन घण्टा कलम बन्द, फागुन १० गते चार घण्टा कलम बन्द, फागुन ११ गते सम्पूर्ण संकायको कक्षा स्थगित, फागुन १३ गतेदेखि अनिश्चितकालिन तालाबन्दी गर्ने कार्यक्रम अघि सारेका छन् । २०१४ सालमा स्थापित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसलाई त्रिविविबाट हटाई राजर्षि जनक विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहने प्रावधान गर्नु अघि सरोकारवालासँग छलफलसम्म नगरेको भन्दै प्राध्यापक, कर्मचारी एवम् विद्यार्थी संघर्ष समितिले खेद प्रकट गर्दै भत्र्सना गरेको छ ।
त्रिभुवन विश्व विद्यालयमा बढ्दो हस्तक्षेप र यसको स्वायतता जोगाउन सम्वन्धित सबै पक्षसँग निर्णयप्रति पुर्नविचार गर्न संघर्ष समितिका संयोजक सिंहेश्वर प्रसाद यादवले आग्रह गरेका छन् । क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारीहरुको सेवा, शर्त, सुविधा, निवृतिभरण लगायतका सुविधाहरु त्रि.वि. ऐन नियमले स्पष्ट सुरक्षाको प्रत्याभुति गरेको भन्दै राजर्षि जनक विश्व विद्यालय ऐनको दफा २० को उपदफा ७ संदिग्ध गरी शिक्षक, कर्मचारीहरुको हक विपरित रहेको संघर्ष समितिले ठहर गरेको छ ।
प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीको भविष्यलाई संकटमा पार्ने राजर्षि जनक विश्व विद्यालय ऐनको दफा २० (१) ख द्वारा क्याम्पसलाई राजर्षि जनक विश्व विद्यालयमा गाभिने व्यवस्था गरेकोमा ऐनको दफा २० लाई संसदको बैठकबाट संशोधन गर्ने गरी नसच्याएमा संघर्ष समितिले कठोर कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने संघर्ष समितिले चेतावनी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author