राजकुमार पासवान
कञ्चनपुर,२७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रका किसानहरुले लगाईएको गहुँ खेतीलाई नष्ट गर्दैआएको भन्दै शनिवार त्यहाँका किसानहरुले भैंसी नियन्त्रणमा लिएका छन् ।
विगत दुई महिनादेखि गरिएको कञ्चनरुप नगरपालिका क्षेत्रका किसानहरु लगाएको तीन सय विगहा गहँुबालीलाई छाडा चौपाया भैंसी राँगाहरुले क्षति गरिएकोले किसानहरुले शुक्रवार राती दुई बजे नियन्त्रणमा लिएको किसान बालकृष्ण मण्डलले बताए । कञ्चनरुप नगरपालिकामा डेलिकेशन तथा बालीलाई कोशी टप्पु आरक्षका अर्ना भैंसीले क्षती गरेको भन्दै आन्दोलनरत छन् ।
तीन साता अघि जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको नेत्तृवमा सप्तरीका सुरक्षा प्रमुखहरु, कञ्चनरुप नगरपालिका प्रमुख बसन्त कुमार मिश्र लगायतका अनुगमन टोलीले निरीक्षण गरेको थियो । शुक्रवार विहान २ बजे नियन्त्रणमा लिएका १७ थान छाडा चौपाया भैंसी राँगाहरुलाई कसले जिम्मा लिने, क्षतिपूर्तिकालागि के गर्ने बिषयमा किसानहरु ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएका छन् । छाडा चौपाया भैंसी राँगालाई कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने कर्तव्य रहेको भन्दै जिम्मा नगरपालिका लिनुपर्ने अर्का किसान करण मण्डलले बताए ।
यस सम्बन्धमा तत्काल नियन्त्रणमा लिएका छाडा चौपाया भैंसी राँगाहरुलाई के गर्ने त ? जिज्ञासा राख्दा अहिले तत्काल ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारीकालागि निवेदन दिने अर्को नगरपालिकामा अहिले छाडा छाडिएका चौपाया भैंसीहरु कहाँ राखिने व्यवस्थापनका लागि यही माघ २९ गते सोमवार नगरसभामा राखिने र पछि व्यवस्थापन समेत गरिने बताए । गहुँबाली नष्ट गरिएको सम्पूर्ण क्षतिपूर्ती दिलाउनु पर्ने नगरपालिकाले जिम्मा लिनुपर्ने अर्का किसान विष्णु पासवानले बताए ।