‘नेपाल–सम्वन्ध थप प्रगाढ बनाउन सञ्चारकर्मीहरुको भूमिका आवश्यक’

‘नेपाल–सम्वन्ध थप प्रगाढ बनाउन सञ्चारकर्मीहरुको भूमिका आवश्यक’
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ माघ । राजविराजमा आयोजित एक कार्यक्रममा सहभागी पत्रकारहरुले नेपाल र भारत बीच सदियौंदेखि मित्रवत् सम्वन्ध रहँदैआएकोले आगामी दिनमा यसलाई थप प्रगाढ बनाउन दुबै देशका सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने बताएका छन् ।
नेपाल भारत मैत्री पत्रकार महासंघ सप्तरीद्वारा राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आइतवार आयोजित सम्मान स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै पत्रकारहरुले यस्तो कुरा बताएका हुन् । नेपाल–भारत एक अर्काको असल मित्रको रुपमा रहँदैआएको बताउँदै भारतको बिहार मेन्स युनियनका अध्यक्ष एस.एन. श्यामले भने ‘नेपाल–भारत बीचको सम्वन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका पत्रकारहरुको थप भूमिका निर्वाह गर्नुपर्दछ, यसकालागि पत्रकारहरु बीच समन्वयकारी भूमिका आवश्यक छ ।’
बिहार मेन्स युनियनका अध्यक्ष श्यामले नेपालका जनतासँग भारतीयको रगतको नाता रहेकोले एक–अर्काको अहित हुने कुरा सोच्न समेत नसकिने बताए । ‘यहाँका जनतासँग हाम्रो वैवाहिक सम्वन्ध हुन्छ, धार्मिक संस्कृति, परम्परा र रिती रिवाज समेत एक आपसमा मिल्ने गर्छन्’ उनले भने ‘नेपाल–भारत मैत्री पत्रकार महासंघ मार्फत नेपालका पत्रकारहरुलाई आवद्ध गराएर सञ्चारक्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्दै सेतुको रुपमा काम हुनुपर्ने हाम्रो सोच छ ।’
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले नेपाल र भारत एक अर्कोको कुशल छिमेकी भएको भन्दै आगामी दिनमा पत्रकारहरुले अनुभव आदान–प्रदान गर्नुका साथै एक–अर्काको हितमा काम गर्नुपर्नेमा जोड दिए । देश संघीयतामा गईसकेको अवस्थामा सीमाक्षेत्रमा काम गर्ने पत्रकारहरुले थप जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल–भारत मैत्री पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली प्रसाद यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, युनियनका महासचिव सुधांशु कुमार सतिश, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका सल्लाहकार श्रवण कुमार देव, पत्रकारहरु सतिश कुमार दत्त, माला कर्ण, विहारका पत्रकार गणेश कुमार, पत्रकार राजु विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author