• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लौनियाँमा टि–२० क्रिकेट प्रतियोगिता

कमल मण्डल
लौनियाँ, २० माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–२ लौनियाँ स्थित ग्राम देवता स्थानमा माँ भगवती युवा क्रिकेट टिमद्वारा टि–२० क्रिकेट प्रतियोगिता शनिवारदेखि सञ्चालन भएको छ ।
सन्तोष कुमार मण्डलको अध्यक्षतामा आयोजित विशेष कार्यक्रमका बीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले कुनै पनि खेलमा अनुशासनको धेरै भूमिका रहेकोले युवाहरुकालागि पढाईसँगै खेलकुद आवश्यक रहेको बताए । गाउँपालिकाका खेलाडीहरुको प्रतिभा बढाउन वडा स्तरीय खेल प्रतियोगिता गाउँपालिकाद्वारा समेत आयोजना गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि वडा अध्यक्ष खगेन्द्र कुमार मण्डलले खेलकुद प्रतियोगिताहरु आयोजना गर्नकालागि आफु सदैव तत्पर रहने उनले बताए । उद्घाटन खेलमा सरस्वती युवा क्रिकेट टिम वभनगमा ख र जन जागृति युवा क्रिकेट टिम अकबरपुर (लबटोलिया) बिच भएको खेलमा जन जागृति युवा क्रिकेट टिम अकबरपुर (लबटोलिया) टस जितेर फिल्डिङ्ग गरे । सरस्वती युवा क्रिकेट टिम वभनगमा व्याटिङ गर्दै १३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६४ रन बनाए । यसैगरी विपक्षी जन जागृति युवा क्रिकेट टिम अकबरपुर (लबटोलिया) टिम ६ विकेट गुमाउँदै ११.३ ओभरमा ६७ रन बनाएर विजयी भए ।
उद्घाटन खेलमा ७ विकेट लिंदै अकबरपुर टिमका दिपेन्द्र मण्डल म्यान अफ द म्याच घोषित भए । उद्घाटन समारोहको सञ्चालन काशिन्द्र शर्मा गरे ।