• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आगामी अप्रिलमा ईटहरी र तिलाठीमा बृहद् स्वास्थ्य शिविर

आगामी अप्रिलमा  ईटहरी र तिलाठीमा बृहद् स्वास्थ्य शिविर

राजविराज, १२ माघ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ४–सि–थ्रीका गभर्नर राजेन थापाको सक्रियतामा सुनसरीको ईटहरी र सप्तरीको तिलाठीमा आगामी अप्रिलमा बृहद स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
थापाको सक्रियता तथा अमेरिका स्थित कैलाश मेडिकल फाउण्डेशन र लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ४–सि–३ को संयुक्त आयोजनामा आगामी २०१८ अप्रिल १२ तारिखमा ईटहरी र १६ तारिखमा तिलाठीमा शिविर सञ्चालन हुन लागेको राजविराजमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मिडिया संयोजक सचिन पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार दुवै स्थानमा आयोजना हुने स्वास्थ्य शिविरमा अमेरिकाका १३ जना दक्ष एवम् वरिष्ठ विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्तिको उपस्थिति रहने छ । यस अतिरिक्त आवश्यकता अनुसार शिविरमा नेपाली चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुको समेत सहभागिता रहने छ । शिविरबाट सर्वसाधारण विरामीहरुले शरिरको पूर्ण स्वास्थ्य परीक्षण लगायत सम्पूर्ण फिजिसियन सेवाका साथै दाँत सम्वन्धि उपचार र सेवाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिएका छन् ।
उपचारकालागि आउने बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गराईने कार्यक्रम संयोजक मनोज सापकोटाले पत्रकार सम्मेलनमा बताए । शिविरबाट सर्वसाधारण विरामीहरुले अधिक लाभ प्राप्त गर्न आग्रह गर्दै उनले शिविरको आयोजन, व्यवस्थापन र सञ्चालनको सन्दर्भमा आफुहरुले स्थानीय निकाय, विभिन्न संघ–संस्था र सरकारी निकायहरुसँग समन्वय गर्ने कार्यलाई समेत अगाडि बढाएको जानकारी दिए ।
शिविर आयोजना, व्यवस्थापन र सञ्चालनका साथै आवश्यक प्रचार–प्रसारमा सञ्चारकर्मीहरुलाई सहयोग गर्न तथा कार्यक्रमबाट धेरै सर्वसाधारण विरामीहरुले लाभ लिने वातावरण निर्माणकालागि आ–आफ्नो स्थानबाट सहयोग गरिदिन सम्वद्ध पक्षसँग कार्यक्रम संयोजक सापकोटाले बताए ।