• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

राजविराजमा छिन्नमस्ता डेरी उद्योग सञ्चालन

राजविराजमा छिन्नमस्ता डेरी उद्योग सञ्चालन

राजविराज, ११ माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–७ खर्साल टोलमा छिन्नमस्ता डेरी उद्योग विहीबारदेखि सञ्चालनमा आएको छ ।
भव्य समारोहका बीच उक्त डेरी उद्योगको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उद्घाटन गरेका हुन् । आम उपभोक्तालाई शुद्ध दुध, दही, घीउ, पनिर, आइसक्रिम, खुवा लगायतका दुधजञ्य परिकारहरु उपलब्ध गराउने उद्देश्यका साथ डेरी सञ्चालन गरिएको प्रोप्राइटर लडुवती शर्माले जानकारी दिएका छन् ।
सप्तरी जिल्लामा माग अनुसारको दुध अझैं आपूर्ती हुन नसकिरहेको अवस्थामा पशुपालनलाई प्रोत्साहन गर्दै दुध उत्पादनमा बृद्धि जिल्लालाई दुधमा आत्मनिर्भर बनाई अन्य जिल्लाहरुमा समेत निर्यात गर्ने लक्ष्य आफुहरुले राखेको उनले बताए । आफुहरुले सञ्चालन गर्नलागेको डेरीमा दुई सयदेखि तीन सयसम्म गाई तथा भैंसी पालन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक सुरेन्द्र शर्मा मधेशीले जानकारी दिएका छन् ।
डेरीमा २५ हजार लिटरसम्म दुध संकलन गर्न सकिने जानकारी दिँदै उनले भने ‘यो डेरी उद्योग सञ्चालनमा आएपछि आम पशुपालकहरुलाई दुध बिक्रीको समस्या हुने छैन, सिधै डेरी उद्योगमै पुर्याउँदा हुन्छ ।’ उक्त डेरी उद्योगलाई जिल्लाकै नमूना डेरीको रुपमा विकास गरेर आम उपभोक्ता माझ चिनाउने आफुहरुको लक्ष्य रहेको शर्माले जानकारी दिएका छन् ।