• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शीतलहरका कारण शम्भुनाथ नपामा बाबु–छोराको मृत्यु

शीतलहरका कारण शम्भुनाथ नपामा बाबु–छोराको मृत्यु

राजविराज, ७ माघ । शीतलहरका कारण सप्तरीको शम्भुनाथ नगरपालिकाको वडा नम्वर–६ मा बुवा–छोराको मृत्यु भएको छ ।
पछिल्लो पटक शनिवार बिहान करिब ९ बजेको समयमा छोरा बासुदेब साहको निधन भएको थियो । बुवाको निधन भएको एक घण्टा पनि नबित्दै बुवा सुभी साहको निधन भएको आफ्न्तजनले जानकारी दिएका छन् ।
शीतलहरबाट सप्तरीमा हालसम्म ३० जना भन्दा बढीको मृत्यु भएको छ भने प्रहरीले हालसम्म सप्तरी जिल्लामा १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खड्ग नगरपालिका–८ का ७० वर्षिय मुसहरु चौधरी, ७ का ६४ वर्षिय प्रेम बहादुर माझी अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ का ६५ वर्षिय लखन ठाकुर, तिलाठी कोइलाडी ४ का ७१ वर्षिय नारायण मुखिया, कञ्चनरुप नगरपालिका–२ का ६० वर्षिय बेचन शेख, तिरहुत गाउँपालिका १ का ६० वर्षिया भुटनी देवी यादव, सप्तकोसी नगरपालिका–१ का ६२ वर्षिय अर्जुन पोखरेल, सुरुङ्गा नगरपालिका–११ का ६५ वर्षिया दुर्गी देवी चौधरी, वडा नम्वर १ का ५१ वर्षिय अम्बर बहादुर पुलामीको मृत्यु भएको छ । यस्तै छिन्नमस्ता गाउँपालिका–२ का ५२ वर्षिया सरोदेवी मुखिया, सोही गाउँका ७० वर्षिया सरस्वती देवी साह, हनुमाननगर कंकालिनी नगरपालिका–१ का ६५ वर्षिया शान्ति देवी यादव, सुनसरीको ईनर्वा नगरपालिका १ का ढुण्डीराज पोखरेल, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का ७० वर्षिया श्यामा देवी सिंह, डाक्नेश्वरी नगरपालिका वडा नम्वर ८ का ७० वर्षिया शुभावती देवी सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी रुपनी गाउँपालिका १ का दुई वर्षिया बालक शिवम पासवान, कञ्चनरुप नगरपालिका ३ का ६२ वर्षिया कलिया देवी सदा, सुरुङ्गा नगरपालिका १० का ५५ वर्षिय बुद्दिलाल मुखिया र तिरहुत गाउँपालिका ४ का ६० वर्षिया जलेश्वरी देवी साहको मृत्यु भएको छ । सप्तरी जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट १३ हजार गरिव, अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला एवम् विपन्न वर्गलाई लक्षित गरी कम्बललगायतका न्यानो लुगा वितरण गरिएको प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।