
राजविराज, ७ माघ । प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणमा भाषा विवादले रोकिएको कार्यक्रम पुनः सुचारु भएको छ । प्रदेश नम्वर २ का सदस्यहरुले आ–आफ्नो भाषामा शपथ लिने भनेपछि आईतवार विहान ११ बजे शपथ लिने भनिएकोे कार्यक्रम केहि समयका लागि अवरुद्ध भएको थियो ।
कार्यक्रम सुरुभएपछि प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचिन सप्तरीका शैलेन्द्र प्रसाद साह र अभिषेक यादव, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित मनिषकुमार सुमन लगायतले मैथिली भाषामा शपद लिएका छन् । जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा जारी रहेको शपथ कार्यक्रममा अन्य प्रदेशसभा सदस्यहरुले शपथ लिईरहेको निर्वाचित सदस्य साहले जानकारी दिएका छन् ।





