शीतलहर प्रभावित क्षेत्रमा पूर्व मन्त्री यादवले बाँडे कम्बल

शीतलहर प्रभावित क्षेत्रमा पूर्व मन्त्री यादवले बाँडे कम्बल
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ माघ । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछि निर्वाचित जनप्रतिनिधि तथा अधिकांश राजनीतिक दलका नेताहरु यतिवेला राजधानीको पूर्वाधार व्यवस्थापनमा व्यस्त रहेका छन् । पूर्व मन्त्री एवम् माओवादी (केन्द्र)का पोलिटव्युरो सदस्य उमेशकुमार यादवले भने शितलहरले पिडा खेपिरहेका जनताको दुखेको सुन्न र न्यानो राहत वितरणमा केन्द्रित छन् ।
तीन साता यताको शितलहरले ८ जनाको मृत्यु भईसकेको सप्तरीको छिन्नमस्ता गाउँपालिका पुगेर यादवले जनताको आहत सुन्दै राहत वितरणमा हात जुटाएका छन् । कठ्याङ्गिंदो शितलहर र हुस्सुका बावजुद शनिवार एका विहानै वडा नम्वर ७ स्थित हाटी पुगेर यादवले अपाङ्ग, एकल महिला, दलित र विपन्न परिवारलाई कम्वल बाँडेका छन् ।
सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनीधिसभा सदस्यमा झिनो मतले पराजित भएका पूर्व मन्त्री यादवले सोही वडाबाट वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका समाजसेवी अक्षयलाल यादवले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथ्यको रुपमा सहभागी भई उनीहरुलाई राहत वितरण गरेका छन् ।
हाटीका अपाङ्ग, एकल महिला, दलित र विपन्न परिवार गरी १ सय ७५ परिवारका लागि अक्षयलालले उपलब्ध गराएको कम्बल पूर्वमन्त्री यादवले संयुक्त रुपमै ती परिवारलाई वितरण गरेपछि उनीहरु खुशी भएका छन् ।

Online Saptari
Online Saptari

About The Author