• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पूर्व सांसद दम्पत्तिद्वारा शर्मा परिवारलाई कम्बल सहयोग

पूर्व सांसद दम्पत्तिद्वारा शर्मा परिवारलाई कम्बल सहयोग

राजविराज, ४ माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–४ स्थित मानसिक समस्या ग्रसित शर्मा परिवारलाई पूर्व सांसद दम्पतिले कम्बल उपलब्ध गराएका छन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता समेत रहेका पूर्व सांसद दम्पत्ति सूर्यनाथ यादव ‘सुभाष’ र लक्ष्मी कुमारी चौधरी ‘ज्योती’ले रामपरीका परिवारलाई सात थान कम्बल वितरण गरिएको हो । रामपरी देवी शर्माका पतिसहित सन्तानहरु मानसिक समस्याबाट ग्रसित रहँदैआएका छन् ।
चरम गरिबीको मार खेप्दैआएका शर्मा परिवारको विषयमा जानकारी पाएपछि पूर्व सांसद दम्पत्तिले शीतलहरबाट जोगिन व्यक्तिगत रुपमा करिब १० हजार रुपैयाँ बराबरको कम्बल सहयोग उपलब्ध गराएका छन् । कम्बल हस्तान्तरण गर्न सांसद दम्पतिसहित वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार दिनेश शम्र्मासमेतको उपस्थिति थियो ।