दोस्रो दिनको खेलमा लायन्सको जीत

दोस्रो दिनको खेलमा लायन्सको जीत
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ माघ । राजविराजमा सञ्चालित अम्पाएर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लायन्स क्रिकेट ऐकेडमी राजविराजले युथ क्रिकेट ऐकेडमी सप्तरीलाई २८ रनले पराजित गर्दै विजयी भएका छन् ।
बुधवार सम्पन्न खेलमा लायन्स क्रिकेट ऐकेडमीले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित ३० ओभरको खेलमा ८ बिकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारे । लायन्सका सुरेन्द्र यादवले आकर्षक ब्याटिङ्ग गर्दै ५ चौक्का र २ छक्काको मद्दतले ४४ रनको योगदान दिए । टिमका लागी अभिजीत रहदै बिकास झाले २४, शम्भुनन्दन खड्गा २१ तथा निकु मण्डलले १२ रनको योगदान दिए । बलिङ्ग तर्फ युथका अनिल यादव तथा अभय मण्डलले २÷२ बिकेट लिए भने रिसव राय १ बिकेट लिए ।
प्रतिउतरमा १ सय १४९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको युथ एकेडमीले ले २६.२ ओभरमा आफनो सबै बिकेट गुमाउदै १ सय २१ रनमै सिमित रहे । जसमा युथका बिवेक यादबले उत्कृष्ट ब्याटिङ्ग गर्दे ४१ रन बनाए । यसैगरी युथका प्रशान्त राय, ३१ रन वाहेक कुनै खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।
यता युथका खेलाडी लाई सस्तैमा आउट गर्नकालागि लायन्स ऐकेडमीका मुन्ना साहले ३ बिकेट, छोटु मण्डल २ तथा निकु मण्डले १ बिकेट लिए । खेलमा उत्कृष्ट ब्याटिङ्ग गरे वापत लायन्स एकेडेमी राजविराजका सुरेन्द्र यादव म्यान अफ द म्याच घोषित भए ।

Online Saptari
Online Saptari

About The Author