लिटिल फ्लावरमा साताव्यापी खेलकुद प्रतियोगिता

लिटिल फ्लावरमा साताव्यापी खेलकुद प्रतियोगिता
Sinha Tempo

राजविराज २ माघ । राजविराज स्थित लिटिल फ्लावर सेकेण्ड्री स्कूलद्वारा सञ्चालन गरिएको साताव्यापी खेलकुद प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
साताव्यापी रुपमा चलेको एथलेटिक्स, टेबुलटेनिस र भलिबल खेलतर्फ प्रतिस्पर्धा गराइएको हो । २०४८ सालमा विद्यालयका संस्थापक प्रिन्सिपल डा.कमानन्द देवले आफ्नी आमा यसोदा देवीको नाममा २०६५ सालमा ट्रफीको स्थापना गरी निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गर्दैआएका छन् ।
संस्थापक प्रिन्सिपल डा. देवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा विद्यालयकी संस्थापक एवं निर्देशक माण्डवी देवी देव, उप–मेयर साधना झा, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज माझी, इन्सेक सप्तरी प्रतिनिधि एवम् पत्रकार मनोहर कुमार पोखरेल, भुपेन्द्र मण्डल, वडा अध्यक्ष अरुण यादव लगायतको समेत विशेष थियो ।
सोही अवसरमा विजयी घोषित भएका समूह तथा छात्र–छात्रालाई पुरस्कार समेत वितरण गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author