शितलहरबाट जोगिएर पत्रकारहरुलाई काम गर्न आग्रह

शितलहरबाट जोगिएर पत्रकारहरुलाई काम गर्न आग्रह
Bwtech New Add With Software & Bull SMS

राजविराज, १ माघ । शितलहरका कारण जनजिवन कष्टकर बनेको भन्दै नियमित समाचार संकलनमा खटिने पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान पुर्याउन नेपाल पत्रकार महासंघ मधेश उप–समितिले आग्रह गरेको छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका मधेश उप–समितिका संयोजक अबधेश कुमार झाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । वाक्लो हुस्सु लाग्ने,चिसो हावा र तुसारो पर्ने गरेकाले घरवाहिर निस्कन समेत समस्या भईरहेको भन्दै समयको प्रतिकुलताका वावजुद नियमित रिर्पोटिङ्गमा जानुहुने सम्पुर्ण सञ्चारकर्मीहरुलाई शितलहरका बेला प्रर्याप्त न्यानो लुगा लगाउन अनुरोध गरेको छ । मोटरसाइकल लगायतका सवारीसाधनमा यात्रा गर्दा शरिरलाई न्यानो बनाउने प्रयाप्त न्यानो लुगा तथा बाक्लो हुस्सु लाग्ने गरेका कारण टाढावाट देखिने गरि चम्किलो लुगा लगाउन संयोजक झाले आग्रह गरेका छन् ।
‘तराई मधेशका स्थानिय सञ्चारमाध्यममा कार्यरत संचारकर्मी मित्रहरुको अबस्था यो प्रतिकुल मौसममा निक्कै कष्टकर बनेको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रतिकुल मौसमका वावजुद फिल्डमा गएर रिपोर्टिङ्ग गर्ने अनि सञ्चारमाध्यमको कार्यालयमा काम्दै काम गर्नुपर्ने बिवशता देखिएको छ ।’ मौसमको प्रतिकुलतालाई ध्यानमा राखी सञ्चारमाध्यमका कार्यालयमा जाडोवाट जोगिन उचित प्रबन्ध गर्नुहुन स्थानिय संचारमाध्यमका प्रकाशकहरु र प्रकाशन संस्थाहरुलाई संयोजक झाले आग्रह गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: