• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बलान बिहुल गाउँपालिकामा गोरु दौड र कुस्ती प्रतियोगिता

बलान बिहुल गाउँपालिकामा गोरु दौड र कुस्ती प्रतियोगिता

राजविराज, १ माघ । सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्वर–४ मा सोमवार माघे संक्रान्तिको अवसरमा गोरु दौड र कुस्ती प्रतियोगिता आयोजना गरियो ।
मिथिला–मधेशको शानको रुपमा रहेको कुस्ती प्रतियोगिताको उद्घाटन बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता अनिरुद्ध कुमार सिंह यादव, अतिथिहरुमा प्रदेश सभा सदस्य अभिशेक कुमार यादव, फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव रहेका थिए । संयुक्त रुपमा उक्त प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष गोइतले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगितामा नेपाल तथा भारतका प्रसिद्ध पहलवानहरुको सहभागिता रहेको छ । मङ्गलवार समेत कुस्ती प्रतियोगिता र त्यसक्षेत्रका गोरुगाडालाई लाइन लगाएर प्रतियोगिता आरम्भ हुने उनले जानकारी दिएका छन् ।