शितलहरबाट सप्तरीमा २६ जनाको मृत्यु

शितलहरबाट सप्तरीमा २६ जनाको मृत्यु
Sinha Tempo

राजविराज, २९ पुस । करिब दुई साता यताको बढ्दो शितलहरका कारण सप्तरीमा विपन्न समूदायहरुको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
शितलहरकै कारणले दुई साता यता जिल्लामा २६ जनाको मृत्यु भईसकेको छ । पछिल्लो पटक डाकनेश्वरी नगरपालिका–८ की ६८ वर्षीया सुगावति देवी सरदारको मृत्यु भएपछि शितलहरका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसअघि छिन्नमस्तामा ७, कञ्चनरुपमा ५, तिलाठी कोईलाडीमा ३, खडक, डाकनेश्वरी र राजविराजमा २÷२ जनाको मृत्यु भईसकेको छ । यसैगरी शम्भुनाथ, हनुमाननगर कंकालिनी, सप्तकोशी नगरपालिकामा एक÷एक र अग्निसाईर कृष्णा सवरण तथा महादेवामा १÷१ जना गरी २६ जनाको शितलहरका कारण मृत्यु भईसकेको छ ।

Online Saptari
Online Saptari

About The Author