• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मीहल्फा महिला विकास क्लवद्वारा अपाङ्गलाई कम्बल

धर्मीहल्फा महिला विकास क्लवद्वारा अपाङ्गलाई कम्बल

राजविराज, २९ पुस । .समावेशी अपाङ्ग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टिद्वारा शनिवार जिल्लाका ५० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र क्लवका अध्यक्ष इन्जिनियर सुर्यनारायण यादवले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरेका हुन् । . संस्थाका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष यादवलाई दैवी प्रकोपको अवस्थामा गाउँगाउँमा पुगेर राहत सामग्री वितरण सहयोग गरी उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्मानपत्र सहित सम्मान गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार विद्यानन्द रामसमेतको उपस्थिति थियो ।
यसैगरी, राजविराज नगरपालिका वडा नम्वर–५ मुसहरनिया तथा वडा नम्वर–३ विषहरियाका दलित र गरिब परिवारलाई कम्वल वितरण गरिएको क्लवका अध्यक्ष समाजसेवि इन्जिनियर यादवले जानकारी दिएका छन् । कम्वल वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी महिला उपाध्यक्ष सुधा देव लगायतको उपस्थिति थियो .
संस्थाद्वारा यस अघि चिसोले पिडित एक दर्जन गाउँका गरिब एवम् विपन्न समुदायलाई कम्वल वितरण गरिसकिएको छ । .