• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

आइडियल सहकारीको १८ औं साधारण सभा सम्पन्न

आइडियल सहकारीको १८ औं साधारण सभा सम्पन्न

राजबिराज, २९ पुस । आइडियल सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा शुक्रवार जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष गणेश कुमार आशले गत आर्थिक बर्षमा २ अर्व २३ करोड ३१ लाख ८७ हजार ४ सय रुपैया ५५ पैसा बचत संकलन गरेको तथा १ अर्ब ८७ करोड ६९ लाख ९० हजार ९८ रुपैया ४३ पैसा बचत भुक्तानी गरेको छ । यस्तै ३६ करोड २६ लाख २३ हजार २ सय ११ ऋण लगानी र ३१ करोड २२ लाख १ हजार ५७ ऋण असुली समेत गरेको जानकारी दिएका छन् । संस्थाले आ.व. २०७२÷७३ तुलनामा दोब्बर मुनाफा गरि १ करोड ४० लाख मुनाफा प्राप्त गरेको समेत जानकारी गराएका छन् ।
केही दिन भित्रै संस्थाले एटिएम मार्फत आफना ग्राहकलाई सेवा दिने जानकारी गराउँदै सहकारीको क्षेत्रमा एटिएम संचालन गर्ने आईडियल पुर्वाञ्चलकै पहिलो तथा नेपालकै पाँचौं सहकारी रहेको बताए । हाल संस्थाका ९ हजार १ सय २० जना शेयर सदस्य रहेको तथा यस आर्थिक बर्ष १५ प्रतिशत लाभांस बित्तरण गरिने बताए ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य बिजयानन्द झाले आर्थिक बर्ष २०७३।७४ को लेखा परिक्षण प्रतिवेदन तथा २०७४÷७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे भने लेखा समितिका सदस्य डम्वर प्रसाद महत्तोले लेखा समितिको प्रतिवेदन पेश गरे । संस्थाका अध्यक्ष गणेश कुमार आसको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समितिका सदस्य शैलेश कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रम सञ्चालन आयुश श्रेष्ठले गरे ।