स्थानीय तहको कामकाजको भाषा मैथिली हुन्छः प्रदेश सभासद् सदस्य साह

स्थानीय तहको कामकाजको भाषा मैथिली हुन्छः प्रदेश सभासद् सदस्य साह
Sinha Tempo

राजविराज, २८ पुस । प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले स्थानीय तहमा सरकारी कामकाजको भाषाको रुपमा मातृभाषा मैथिलीलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजविराज नगरपालिकाको प्रथम नगर सभा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
देशमै नेपाली पछि बोलिने दोश्रो भाषा मैथिली नै भएको भन्दै स्थानीय तहमा मैथिली भाषालाई कामकाजको भाषाको रुपमा कार्यान्वयनमा ल्याउन आफुले भूमिका निर्वाह गर्ने उनले बताए । आफुहरुले पहिचानकालागि संघर्ष गरेको बताउँदै उनले भने ‘अधिकार प्राप्तीको लडाइमा शहादत दिएका शहीदहरुको बलिदानीलाई फलदायी बनाउनकालागि भएपनि अन्य अधिकारसँगै भाषिक अधिकारलाई पनि सुनिश्चित गर्न म प्रयत्नशिल रहने छु ।’ गाउँपालिका र नगरपालिकाहरुले मातृ भाषा मैथिलीमै कामकाजको थालनी गरि सर्वसाधारण जनतालाई अपनत्व बोध गराउनुपर्ने उनले बताए ।
प्रदेश सभाको निर्वाचन सम्पन्न भएको यतिकादिन वितिसक्दापनि प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणसम्म हुन नसक्दा काम कार्वाहीहरु अगाडि बढ्न नसकेको प्रदेश सभा सदस्य साहले प्रष्टयाए । सप्तरी जिल्लाको विकास निर्माण एवं समृतिको सवालमा काम गर्नकै लागि आफुलाई जनताले निर्वाचित गरेर पठाएको बताउँदै उनले भने ‘जनताले दिएको जिम्मेवारी पुरा गर्न कुनै पनि कसर बाँकी राख्दिन, आम जनताको सल्लाह सुझाव र इच्छा अकांक्षालाई सम्मान गर्दै अगाडी बढ्नेछु ।’
विकास निर्माणको दृष्टिकोणले यो जिल्ला अपेक्षाकृत विकास गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै विकास निर्माण सम्बन्धी बजेट सदुपयोग हुनुपर्नेमा जोड दिँदै आमजनतालाई खवरदारी गर्न समेत संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका नेता साहले आग्रह गरे । सोही समारोहमा उनलाई राजविराज नगरपालिकाद्वारा सम्मान गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author