वीरगञ्जलाई राजधानी बनाउन माग गर्दै रिले अनसन जारी

वीरगञ्जलाई राजधानी बनाउन माग गर्दै रिले अनसन जारी
Bwtech New Add With Software & Bull SMS

बीरगञ्ज, २८ पुस । वीरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित घण्टाघरमा गत शुक्रबारदेखि सुरु भएको रिले अनसन आठौं दिन पनि जारी रहेको छ ।
वीरगञ्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो । रिले अनसनको आठौ दिन शुक्रबारको अनसनमा केदारनाथ तिबारीको नेतृत्वमा लालबाबु जैसवाल, सरोज साह, धु्रव साह कानु, जितेन्द्र साह कानु, रामेश्वर महतो कोइरी, रामअश्रे साह तेली, श्रीलाल कुशवाहा र अफरोज मियाँ लगायत ९ जना बसेका छन् । वीरगञ्जलाई राजधानी नबनाए सम्म संघर्षका कार्यक्रमहरु जारी रहने वीरगंजलाई बिरगञ्ज राजधानी संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सरार्फले जानकारी दिएका छन् ।
वीरगंजलाई राजधानी बनाउन ज्ञापनपत्र सहित समितिका संयोजक पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वको टोली प्रधानमन्त्री लगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउन शनिबार काठमाडौं प्रस्थान गर्ने प्रवक्ता सर्राफले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author