• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तकोशी नपाको ‘मास्टर प्लान’सहित परिषद् सम्पन्न

सप्तकोशी नपाको ‘मास्टर प्लान’सहित परिषद् सम्पन्न

राजविराज, २८ पौष । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले नगरको विकासकालागि ‘मास्टर प्लान’ सहित आर्थिक वर्ष ०७४÷७५ को प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।
नगरपालिकाको शुक्रवार सम्पन्न नगर परिषद्ले चालु आर्थिक वर्षकालागि २५ करोड ३७ लाख ८७ हजार ६९० रुपैयाँ २५ पैसाको प्रस्तावित आय–व्यय सार्वजनिक गरेको हो । देशकै पहिलो चन्द्रनहर तथा संरक्षणकालागि बनाएका ऐतिहासिक तथा प्राचीन संरचनाको जगेर्ना गर्ने, चुरे क्षेत्र, सामुदायिक वन, धार्मिक स्थल लगायतको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिषद्मा निति तथा योजना पेश गरिएको छ ।
सप्तकोशी नगरपालिकाको एकीकृत सहरी विकासका लागि मास्टर प्लानका साथ कार्य थालिएको नगरपालिकाको मेयर उत्तम कुमार गौत्तमले जानकारी दिएका छन् । नगर प्रमुख गौत्तमले आफ्नो कार्यकालभित्रै सप्तकोशीलाई सप्तरीका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
फत्तेपुर, ओद्राहा र कमलपुर गाविसलाई मिलाएर २०७२ मंसिर १५ मा सप्तकोशी नगरपालिका घोषणा भएको थियो ।