
राजविराज, २७ पुस । सप्तरीको क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य एवम् युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीलाई विहीवार सम्मान गरिएको छ ।
वि. पी. विचार समाजका अध्यक्ष एवम् नेपाली कांग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादवले एक कार्यक्रम बीच सम्मान गरेका हुन् । कार्यक्रममा अतिथि पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी, नेपाली कांग्रेस सप्तरी का नेता विकेश्वर यादव, रामदेव साह, क्षेत्रीय सभापति बद्री महत्मान, नगर सभापति शम्भुलाल देव, महासमिति सदस्य ईर्साद अन्सारी, जिल्ला सदस्य सतिषचन्द्र झा, निलम कर्ण, रामकुमार साह, राजविराज वडा नम्वर ५ का वडा अध्यक्ष समिर कुमार झा, वडा सदस्य पार्थो सरकार, गंगा सागर गुप्ता, संगीता कुमारी कर्ण, सिमा कुमारी रजक, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य आनन्द झा, तरुण दलका सिता प्रसाद यादव, तिर्थ नारायण दास, दलित संघ नगर सभापति रामकृष्ण रजक, ईन्द्र नारायण देवले मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन वि. पी. विचारका सचिव मो. सब्बिर आजम गुलाबले गरे ।



