• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘ग्लोबल सहकारीको योगदान सराहनीय’

राजविराज, २७ पुस । पुर्व क्याम्पस प्रमुख प्रा. डा. रामखेलावन यादवले ग्लोबल सहकारी संस्थाले सहकारिताको माध्यमले जिल्लामा पुर्याएको योगदान सराहनीय रहेको बताएका छन् ।

संस्थाको १७औं वार्षिक साधारण सभाको विहीबार उद्घाटन गर्दै प्रमुख अतिथि डा. यादवले यस्तो कुरा बताएका हुन् । महिला सशक्तिकरण कार्यलाई संस्थाले प्रभावकारी ढङ्गले अगाडि बढाउन सफल भएको भन्दै आगामी दिनमा अझ सशक्त भएर काम गर्न उनले सुझाव दिएका छन् ।

प्रमुख अतिथि डा. यादवले संस्था गरिवी निवारण, स्वास्थ्य, जीवन विमा, रेमिट्यान्स लगायत मानवको लागि अति महत्वपूर्ण क्षेत्रमा कार्य गरी रहेकोले सबै क्षेत्रमा प्रगति गर्दै जाने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा आयोजित साधारण सभामा विशिष्ठ अतिथी सुर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद पाण्डेले १७ वर्षको सानो अवधिमा ग्लोवल वहुमुखि सहकारी संस्था धेरै अगाडि वढी सकेको र यसले जीवन विमा क्षेत्रमा काम गरिरहेकोले संस्थासँग आवद्ध व्यक्तिहरुको जोखिम न्युनिकरण हुँदै जाने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथी जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवले सहकारीको क्षेत्रमा सप्तरीमा ग्लोवलले विशिष्ठ स्थान प्राप्त गर्न सफल भएको भन्दै यसको विकासका लागि समन्वय समितिले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा जिल्ला वन अधिकृत धिरेन्द्र सिंह, महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव, तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष शतिस कुमार सिंह, डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्र, सप्तकोशी नगरपालिकाकी उप–प्रमुख आशा चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा, वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, संस्थाका उपाध्यक्ष मुरलीप्रसाद यादव, प्रवद्र्धक पंकज कुमार पोखरेललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरे ।

संस्थाका अध्यक्ष भोलारमण उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन, लेखा संयोजक गणेशी साहले लेखा प्रतिवेदन, सह–ब्यवस्थापक सम्झना चौधरीले संस्थाको आय–ब्यय प्रस्तुत गरे । संस्थाले स्थानीय निकायका १८ वटै स्थानीय तहका प्रमुख÷उप–प्रमुखसहित संस्थामा उत्कृष्ठ कार्य गर्ने कर्मचारी, संस्थालाई सहयोग पु¥याउने अन्य क्षेत्रका विशिष्ठ ब्यक्तित्वहरु गरी करिव पाँच दर्जनलाई सम्मान गरिएको छ ।