• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सैनिक श्रीमति संघद्वारा महदेवामा कम्वल वितरण र स्वास्थ्य जाँच

सैनिक श्रीमति संघद्वारा महदेवामा कम्वल वितरण र स्वास्थ्य जाँच

राजविराज, २७ पुस । बढ्दो शितलहरले जनजीवन कष्टकर भई सप्तरीमा मानवीय क्षति भईरहेको अवस्थामा नेपाली सेना सैनिक श्रीमति संघद्वारा विहिवार कम्वल वितरण गरिएको छ ।
संघद्वारा महादेवा गाउँपालिका–६ ढिकुली महादेवाका १५० परिवारलाई कम्बल वितरण गरिएको हो । बढ्दो शितलहरले अति विपन्न एवम् दलित समुदायका जनजीवन अति कष्टकर भईरहेकोले यसबाट जोगिन कम्बल वितरण गरिएको छ । पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका बाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको विशेष उपस्थितीमा कम्वल वितरण गरिएको छ ।
संघकी सदस्य रोशनी हमाल र निता सिग्देलले कार्यक्रममा ३ सय ५० जनालाई नेपाली सेनाका डा. विनिता महतले निःशुल्क स्वास्थ्य जाँच गरी औषधी समेत वितरण गरेको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । जाँच गरिएकाहरुमध्ये करिब ८० प्रतिशत चिसो सम्वन्धि समस्या देखिएको उनले बताए ।
सप्तरी जिल्लामा बढ्दो शितलहरले हालसम्म शम्भुनाथ खडग, कञ्चनरुप, डाक्नेश्वरी र राजविराज नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोईलाडी, अग्निसाईर कृष्णा सवरण र महादेवा गाउँपालिकामा गरी २० जनाको मृत्यु भईसकेको छ । यद्यपी सप्तरी प्रशासनले भने चिसोले हालसम्म ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।