• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाली कांग्रेसका निष्ठावान नेता माझीको निधन

नेपाली कांग्रेसका निष्ठावान नेता माझीको निधन

राजविराज, २७ पुस । नेपाली कांग्रेसका निष्ठावान नेता सप्तरीको राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको निधन भएको छ ।
कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनको ५८ वर्षिय माझीको भारतको दरभङ्गा स्थित पारस अस्पतालमा उपचारको क्रममा विहिवार विहान करिब ४ बजे निधन भएको हो । केही समययता मृगौला रोगवाट पीडित रहँदैआएका थिए । २०३९ सालमा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सभापति पदमा निर्वाचित भएका थिए ।
कांग्रेस पार्टी उनी निष्ठावान नेताको रुपमा चिनिन्थे । जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष समेत भईसकेका माझीलाई कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । घरमा परम्परागत संस्कार गर्न करिब २ घण्टा माझीको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
पार्टीका जिल्ला सभापति दिनेश यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपमेयर साधना झा, पुर्व मेयरद्वय गोविन्द सिंह, जगरनाथ दास, राजपाका अध्यक्ष सुनिल झा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाका साथै राजनीतिक दलका स्थानीय नेतृत्व र सर्वसाधारणले माझीलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
शव यात्रामा जिल्लाका उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र स्थनीयवासी, विष्णुपुर गाउँपालिका–६ स्थित घाट पुगेका थिए । माझीका जेठा छोरा रितेशले पार्थिव शरिरमा दागवत्ति दिएका छन् । माझी दुई छोरा, १ छोरी र पत्नी छन् ।
मृतक माझीका भाइ एमके माझी विगत दुई दशकदेखि पत्रकारिता पेशामा संलग्न रहँदैआएका छन् ।