• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चिसो छल्न कम्बल वितरण कार्य तिब्रः सहिद परिवारको अवस्था बुझ्दै सिडियो (तस्विर समेत)

चिसो छल्न कम्बल वितरण कार्य तिब्रः सहिद परिवारको अवस्था बुझ्दै सिडियो (तस्विर समेत)

राजविराज, २६ पुस । विगत केही दिनयताको बढ्दो चिसोले सप्तरी जिल्लामा मानवीय क्षति हुने क्रम बढेपछि स्थानीय प्रशासनले विभिन्न टोलीहरु परिचालन गरी गाउँ–वस्तीहरुमा कम्बल वितरण कार्यलाई व्यापकता दिएका छन् ।
शितलहर र बाक्लो हुस्सुका बधुवारदेखि पुनः जनजीवन कष्टकर हुनथालेपछि सुरक्षा निकाय, सरकारी निकाय, संघ–संस्था समेतलाई परिचालन गरि गाउँगाउँ पुगेर गरिब, दलित एवम् विपन्न बस्तीहरुमा कम्बल वितरण कार्यलाई तिब्रता दिईएको हो । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले आफ्नै नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादवसमेतको टोली बनाएर शितलहरबाट मानवीय क्षति हुन नदिन घरघरमै पुगेर कम्बल तथा आगो बाल्न दाउरा वितरण कार्यलाई अगाडि बढाएका छन् ।
हाल जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै एक दर्जन संघ संस्था जिल्लाको विपन्न वस्तीहरुमा राहत वितरण कार्यलाई अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न संघ संस्थामार्फत जिल्लामा करिब बुधवार साँझसम्म ९ हजार कम्वल वितरण भईसकेको तथा मानवीय क्षति हुन नदिनकालागि थप सतर्कता बढाईएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेयले बुधवारै मलेठ पुगेर सहिद परिवारको अवस्थाबारे जानकारी लिँदै कम्बल उपलब्ध गराएका छन् ।
विगत केही दिन यताको बढ्दो चिसोका कारण जनजिवन कष्टकर हुन थाले पछि लागूऔषध दुव्यर्सनीको पुनर्स्थापनाको क्षेत्रमा कार्यरत नार्कोनन नेपालले पनि बुधबार राजविराज, मोहनपुर, मौवाहा, लालापट्टी, सखडा र कोचाबखारीमा गरी ३ सय थान कम्बल वितरण गरेको छ ।
यसैगरी धुर्मुस सुन्तली फाउन्डेसनले तोपामा ५४ परिवार मुसहर र कोईलाडीमा ८१ परिवार मुसहर,२० परिवार चमार गरि कुल १ सय ५५ परिवारलाई प्रति परिवार एउटाका दरले ब्ल्याङ्केट वितरण
गरिएको छ । फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले स्थानीयलाई कम्बल वितरण गरेका छन् ।
यसैगरी शम्भुनाथ नगरपालिकाको वडा नम्वर ६,७ र ८ मा दुई सय परिवारलाई ब्ल्यांकेट वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादव, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, वडा अध्यक्षद्वय गोपाल प्रसाद चौधरी, मो. याकुव अलि
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, नेपाल प्रहरीका ईन्सपेक्टर रमेश बस्नेत, सामी हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी सुचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मंडल, सामाजिक परिचालकहरू कठौना प्रहरी चौकीका धनश्याम राय, सप्तरी युथका कोषाध्यक्ष बिष्णु कुमार यादव लगायतका सहभागितामा स्विस सरकार विकास सहयोग तथा सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा ब्ल्यांकेट वितरण गरिएको संस्थाक अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।