सप्तरीमा चिसोले मृत्यु हुनेको संख्या १९ पुग्यो

सप्तरीमा चिसोले मृत्यु हुनेको संख्या १९ पुग्यो
Sinha Tempo

राजविराज, २६ पुस । सप्तरीमा बुधवार थप २ जनाको मृत्यु भएपछि शितलहरका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
छिन्नमस्ता गाउँपालिका ७ मा १३ महिने बालक र शम्भुनाथ नगरपालिका २ मा ७ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहानै छिन्नमस्ता गाउँपालिका ७ हाटीमा १३ महिने बालकको मृत्यु भएको छ । दुई दिनदेखि बिरामी रहेका बालकलाई उपचारपछि घर फर्काइएको र घरमै उनको मृत्यु भएको स्थानीय सम्वाददता अशोक शर्माले जानकारी दिएका छन् ।
यसैगरी तीन दिन अघि शम्भुनाथ नगरपालिका २ स्थित आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत ७ वर्षीय बालक जितेन्द्र सदाको पनि चिसोका कारण मृत्यु भएको थियो । सप्तकोशी नगरपालिका वडा नम्वर १ फत्तेपुर निवासी ६२ वर्षीय अर्जुन पोखरेलको शीतलहरकै कारण मृत्यु भएको थियो । दमको समस्याले थलिएका पोखरेलको शीतलहरले मृत्यु भएको मेयर उत्तमकुमार गौतमले जानकारी दिएका छन् ।
हालसम्म सप्तरी जिल्लामा शीतलहरबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्थानीय प्रशासनले भने हालसम्म चिसोले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Online Saptari
Online Saptari

About The Author