• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मी हल्फाद्वारा भथौल गाउँमा कम्बल वितरण

धर्मी हल्फाद्वारा भथौल गाउँमा कम्बल वितरण

राजविराज, २५ पुस । शितलहरबाट जोगिन धर्मी हल्फा महिला विकास क्लव लालापट्टीद्वारा सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–४ भथौल गाउँका एक सय २६ परिवारलाई कम्बल वितरण गरिएको छ ।
विपन्न वस्तीहरुमा बढ्दो शितलहर जनजिवन कष्टकर बन्दै गएपछि बस्तीहरुमा कम्बल वितरण गर्ने क्रममा भथौल गाउँमा समेत मङ्गलवार हेल्प नेपालको सहयोगमा कम्बल वितरण गरिएको हो । संस्थाका अध्यक्ष ई. सुर्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच १ सय ३० थान रङ्गीन कम्बल वितरण गरिएको छ ।
बस्तीका सरदार, खङ्ग, साह, रजक, यादवलगायतका जातिहरुको उक्त वस्तीमा अध्यक्ष ई. यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार बृजमान तामाङ्ग, वडाका पूर्व अध्यक्ष मिश्रीलाल यादव, समाजसेवी छेदी यादव, महेन्द्र यादव समेतकाले कम्बल वितरण गरेका छन् ।
संस्थाले महादेवा गाउँपालिका वडा नम्वर ६ ढिकली, वडा नम्वर–१ वल्थी र तिलाठी कोईलाडी गाउँपालिका–६ र ७ वभनगामाकट्टीमा समेत कम्बल वितरण गरिसकेको छ ।