धर्मी हल्फाद्वारा सितलहर पीडितलाई सहयोग

धर्मी हल्फाद्वारा सितलहर पीडितलाई सहयोग
Sinha Tempo

राजविराज, २४ पुस । सप्तरीका दलित तथा विपन्न समूदायमा मानवीय क्षति हुनथालेपछि एक गैरसरकारी संस्थाले कम्वल वितरण कार्यलाई निरन्तरता दिएका छन् ।
पीडितहरुलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले सोमवार सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर ६ ढिकलीवासीलाई राहत समाग्री उपलब्ध गराईएको हो । शितलहरले कष्टकर जीवन विताईरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक÷एक थान कम्वल वितरण गरिएको क्लवका अध्यक्ष समाजसेवी इन्जिनियर सुर्यनारायण यादवले बताएका छन् ।
कार्यक्रममा सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगी लगायतको समेत सहभागीता रहेको क्लवका अध्यक्ष समाजसेवी इन्जिनियर यादवले जानकारी दिएका छन् ।
यसअघि शनिवार पनि क्लवले सप्तरीको महादेवा गाउँपालिका–१ वल्थी र तिलाठी कोईलाडी गाउँपालिका–६ र ७ वभनगामाकट्टीका १ सय ५० परिवारलाई जाडोबाट जोगिन कम्वल वितरण गरिएको थियो ।

Online Saptari
Online Saptari

About The Author