• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छपरारीमा निःशुल्क स्वास्थ्य शिविर

राजविराज, २३ पुस । सिरहाको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल छपराडी सिरहाले आइतवार विद्यापति चौक छपरारीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
विराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल टंकी सिनुवारीको सहयोगमा आयोजित शिविरमा ३ सय महिलाको स्वास्थ्य जाँच गरिएको छ । जाँच गरिएकाहरुमध्ये २० प्रतिशत महिलामा स्वास्थ्य सम्वन्धी समस्या देखिएको हस्पिटलका प्रशासन प्रमुख सुधिर सिंह राठौरले जानकारी दिएका छन् ।
शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अमित देव, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. लोकेश झा, वरिष्ठ जेनरल फिजिसियन डा. निरज चद्रकार लगायतका चिकित्सहरुले स्वास्थ्य जाँच गरेको प्रशासन प्रमुख राठोरले बताएका छन् ।