सहकारी संस्थाहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेः सांसद डा. यादव

सहकारी संस्थाहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेः सांसद डा. यादव
Bwtech New Add With Software & Bull SMS

राजकुमार पासवान
कञ्चनपुर, २२ पुस । सप्तरी निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादवले सहकारी संस्थाहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिवार कञ्चनरुप नगरपालिका–१ स्थित बरमझियामा मिथिला सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका–१ (बदगामा) को छैठौं बार्षिक साधारणसभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सांसद यादवाले भने ‘मिथिलाले सहकारी मार्पmत सना किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराएर ठूलो सहयोग गरेको छ, आगामी दिनहरुमा सहकारी संस्थाहरुले थप जिम्मेवार भएर काम गर्नुपर्छ ।’ साना किसानहरुलाई सुलभ दरमा ऋण, ब्याज, मल खाद्य जनता समक्ष सहुलियत दरमा पु¥याएकोमा मिथिला सहकारीलाई उनले धन्यवाद दिए ।
साधारण सभामा कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले नगरपालिकाभित्र रहेका सहकारीहरुलाई नीति बमोजिम सहयोग गर्ने बताए । शिक्षा र स्वास्थ्य नगरपालिकाको तर्फबाट कुने कमी नरहने समेत उनले प्रतिवद्धता व्यक्त गरे । कृषि सेवा केन्द्र कञ्चनपुरका प्रतिनिधि बेचन सढौक यादवले मिथिला सहकारीद्वारा साना किसानहरुलाई खेती गर्ने समयमा मलखाद्य अभाव भएको समयमा समेत सहुलियत दरमा उपलब्ध गराई सहयोग गरिएकोमा धन्यवाद दिए ।
समाजसेवी डा. भोला प्रसाद गुप्ताले मिथिला सहकारीले छोटो समयमा आफनो पहिचान कायम गर्न सफल भएको भन्दै प्रशंसा गरे । ६ औं बार्षिक साधारणसभा मिथिला सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका १ (बदगामा)का अध्यक्ष राजेन्द्र प्रसाद (राजु) अध्यक्षता तथा सञ्चालन विकास साहले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: