राज्जा रानी देशैभरि प्रदर्शनमाः पिंकु मिस बनिन् नायिका रेखा थापा(भिडियो हेर्नुहोस्)

राज्जा रानी देशैभरि प्रदर्शनमाः पिंकु मिस बनिन् नायिका रेखा थापा(भिडियो हेर्नुहोस्)
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ पुस । नेपाली र मैथिलीमा एक साथ रिलिज भएको ‘राज्जा रानी’ फिल्म शुक्रवारदेखि राजधानी काठमाण्डौसहित देशैभरि प्रदर्शनमा आएको छ ।
नायक नाजिर हुसेन र नायिका केकी अधिकारीको बेजोड अभिनय रहेको फिल्म ‘राज्जा रानी’ले पश्चिम मधेशको जनजाति समुदायको कथालाई आधार बनाएर दाइजो प्रथाका कारण उत्पन्न सामाजिक समस्यालाई उठान गरिएको छ । यसका साथै महिला सशक्तिकरण तथा आत्मबल बढाउने विषयवस्तुलाई फिल्ममा देखाईएको छ । अतिरिक्त नोकझोंकका साथै प्रेमसँग सम्वन्धित रोमाञ्चक प्रसङ्गहरु देखाईएको छ ।
शुक्रवारैदेखि राजविराज स्थित शिवशंकर सिनेमा हलमा प्रदर्शनमा आएको उक्त चलचित्रको पहिलो शो मा राजविराज नगरपालिकाकी उप–मेयर साधना झा, साहित्यकार करुणा झा, नायिका डोली सरकार, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार विद्यानन्द राम, गायिका अन्जु यादवसमेतको टोलीले हेरेका छन् । फिल्म हेरेर बाहिरिने क्रममा उप–मेयर साधना झाले मधेशमा व्याप्त दहेज प्रथा विरुद्ध महिलालाई एकतावद्ध हुन तथा हिंसा विरुद्ध सशक्त भएर अगाडि बढ्ने सन्देश दिएको प्रतिक्रिया दिईन् । साहित्यकार करुणा झाले नेपाली र मैथिली दुई भाषामा निर्माण भई एकसाथ प्रदर्शनमा आउनुले सामाजिक विकृति विरुद्ध राम्रो सन्देश दिएको बताईन् ।
यस्तै चर्चित नायिका डोली सरकारले नेपाली चलचित्र क्षेत्रले मधेशी कलाकार र मैथिली भाषालाई प्राथमिकता दिनु सकारात्मक रहेको भन्दै समग्रमा समाजलाई सन्देश दिने प्रयास भएको प्रतिक्रिया दिईन् । चलचित्रमा ईन्टरभल पछि अतिथि कलाकारको चर्चित अभिनेत्री रेखा थापाको ईन्ट्रीले चलचित्रमा सुनमा सुगन्ध झैं भएको पत्रकार रामले प्रतिक्रिया दिए । पिंकु मिस..बोलको गीतमा रेखाको बेजोड प्रस्तुतिले युवाहरुको दर्शकहरुको मन जित्ने काम गरेको उनले बताए ।
‘राज्जा रानी’ मैथिली सिनेमा आर्यन फिल्मस र भोर कम्पनी प्रा.लि को संयूक्त प्रस्तुतिमा रिलिज भएको हो । चलचित्रको निर्देशन यम थापाले गरेका छन् । कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय उक्त चलचित्रमा भूमिका रहेको छ ।
‘राज्जा रानी’को निर्मातामा रमेश एमके पौडेल र राजकुमार महतो रहेका छन् भने एसोसिएट निर्मातामा रेखा महतो र डबिङ्ग को–अर्डिनेरमा रबिन्द्र झा रहेको भोर कम्पनी प्रा.लि.का सीईओ राजकुमार महतोले जानकारी दिएका छन् । उक्त चलचित्रको गीतमा नरहरि प्रेमी, साहिमा श्रेष्ठ र सप्तरीकी गायिका अन्जु यादवको मुख्य स्वर रहेको छ ।
‘राज्जा रानी’ चलचित्र देश बाहेक भारतको मैथिलीभाषी क्षेत्रहरुका साथै विभिन्न देशहरुमा समेत प्रदर्शन गरिने महतो बताए ।

भिडियो हेर्नुहोस्

Online Saptari
Online Saptari

About The Author