मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ पुस । सप्तरीको कठौना–पातो सडक खण्ड अन्तर्गत शम्भुनाथ नगरपालिका–१० स्थित मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्वर–१ कबिलासाबाट कठौना जाँदै गरेको स ४ प १२१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २५ वर्षिय दिपेश चौधरी र २३ वर्षिय दीपक चौधरीको मृत्यु भएको हो । सोमवार राति ९ वजे बा २४ प २८६१ नंम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिएका छन् ।
दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनालाई उपचारकालागि तत्कालै सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिएका छन् । ठक्कर हान्ने बा २४ प २८६१ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–३ का २१ वर्षिय गयानन्द चौधरीलाई नियन्त्रणमा लिएको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author