अन्जनी ज्वेलर्सबाट २७ लाख रुपैयाँ बराबरको गहना चोरी

अन्जनी ज्वेलर्सबाट २७ लाख रुपैयाँ बराबरको गहना चोरी
Bwtech New Add With Software & Bull SMS

राजविराज, १७ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा बजारको अन्जनी ज्वेलर्सबाट अन्दाजी २७ लाख रुपैयाँ बराबरको गहना चोरी भएको छ ।
पसलको ताल्चा फुटाएर चोरहरुको एक समूहले चाँदीको गरगहना करिब ४० किलो र सुनको गहना १५ भरी चोरेर लगेको जनाईएको छ । ज्वेलर्सका सञ्चालक राजेश्वर साह सोनारका अनुसार १५ लाख २८ हजार मुल्य बराबरको चाँदीका गरगहना र ८ लाख मुल्य बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद गरी २६ लाख ४० हजार बराबरको चोरी भएको छ ।
यता ईलाका प्रहरी कार्यालय छिन्नमस्ताका प्रहरी सहायक निरीक्षक भुवन कार्कीले चोरीमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाईएको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author