केन्द्रीय चलचित्र जाँच समिति विरुद्ध राजविराजमा प्रदर्शन

केन्द्रीय चलचित्र जाँच समिति विरुद्ध राजविराजमा प्रदर्शन
Sinha Tempo

राजविराज, १६ पुस । मधेशी पुत्र–२ चलचित्रमाथि केन्द्रीय चलचित्र जाँच समितिले रोक लगाएपछि आइतवार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।
स्थानिय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस समिति विरुद्ध नारा लगाउँदै नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा वोल्दै चलचित्रका निर्माता उदितनारायण साह ‘अरुण’ले मधेश आन्दोलनको विषयवस्तुमा आधारित चलचित्र रहेकै कारणले समितिले विभिन्न दृष्य, सम्वाद, प्रसङ्ग आदीलाई हटाउनुपर्ने भन्दै रोक लगाएको आरोप लगाए । चलचित्रमा उल्लेख भएका विषयवस्तुहरु आपत्तिजनक नभएको दावी गर्दै अविलम्व सेन्सर पास गर्न जाँच समितिसँग उनले आग्रह गरेका छन् ।
निर्माता साहले चलचित्र जाँच समितिले चलचित्रलाई पास नगरेसम्म चरणवद्ध रुपमा आन्दोलन जारी नै राख्ने बताए । पुस ५ गते समितिले दिएको पत्रअनुसार चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरुलाई म्युट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्ने र सीके राउत भन्ने पात्रको भुमिका तथा प्रसंग पूर्ण रुपमा हटाई पुनः समितिमा पेश गर्ने भन्दै चलचित्रलाई रोक लगाएको छ ।
नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविन लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको निर्माता साहले जानकारी दिएका छन् । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव लगायतका गायक गायिकाहरुको सुमधुर स्वर रहेको छ । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, पारसमणी मुख्य स्वर रहेको छ ।
चलचित्रको निर्माण तथा सम्पादन कार्य सम्पन्न भईसके पनि फाल्गुनको पहिलो सातादेखि राजधानीसहित देशैभभरी प्रदर्शनमा आउने लक्ष्य राखिएकोमा उक्त चलचित्रलाई केन्द्रीय चलचित्र समितिले चल्न नदिने मनसायले विभिन्न बहाना बनाउँदैआएको नायक निराजन मेहताले बताए ।

Online Saptari
Online Saptari

About The Author