• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिल समाजद्वारा संस्कार गीत गायन प्रतियोगिता

मैथिल समाजद्वारा संस्कार गीत गायन प्रतियोगिता

रुपन्देही, १६ पुस । मैथिल समाज नेपाल रुपन्देहीद्वारा बुटवल–४ स्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पस हाट बजार सभागृहमा शनिवार संस्कार गीत गायन प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगितामा प्रथम बिन्देश्वरी देवी मल्लिक, द्वितीय ममता सिंह र तृतीय स्थान प्रतिभा कर्णले प्राप्त गरेकी छिन् भने सान्त्वना स्थान अनिता झा, लुना झा र कविता सिंह भईन् । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार बिजेतालाई प्रमाणपत्र, शिल्डका साथै क्रमशः ७ हजार, ५ हजार ५ सय, ४ हजार र २ हजार ५ सयका दरले नगद समेत प्रदान गरिएको छ ।
समाजका अध्यक्ष मुखीलाल चौधरीको अध्यक्षता तथा मैथिली अभियानी, नागरिक जागरण तथा नारी सशक्तिकरणकी अभियानकर्मी गायिका रुपा झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिशिष्ठ अतिथिको रूपमा मैथिली अभियानी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मिथिला रत्न धीरेन्द्र प्रेमर्षी, जनकपुरका मैथिली साहित्यकार एवम् मिथिला राज्य संघर्ष समितिका संयोजक प्रा. परमेश्वर कापडि, साहित्यकार एवं रासस जनकपुर प्रभारी हिमांशु चौधरी, मिथिला नाट्यकला परिषद, जनकपुरक अध्यक्ष सुनिलकुमार मल्लिक तथा रामानन्द युवा क्लव, जनकपुरका गायक नवीनकुमार मिश्रलगायतको बिशेष उपस्थिति थियो ।