शिब्स र लाली गुराँस क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्दै

शिब्स र लाली गुराँस क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्दै
Bwtech New Add With Software & Bull SMS

राजविराज, १३ पुस । महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसको मैदानमा सोमवारदेखि शुरु भएको रमपम अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न अन्तिम लिग खेलमा शिब्स फाइनलमा प्रवेश गरेको छ ।
विवेक यादवको अलराउण्ड प्रदर्शनले शिब्स इन्टरनेश्नलले सजिलै शारदा सेकेन्ड्रीलाई १० विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान पक्का गरेको छ । चौथो दिन अन्र्तगतको अन्तिम लिग खेलमा शारदाले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित गर्दै २० ओभरको खेलमा १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २७ रनको योगफल तयार पारेका थिए ।
शारदाकालागि रामबावु यादवले २१, ओमप्रकाश यादव र धर्मेन्द्र यादवले सामान १८ रन तथा बिभेश ठाकुले १५ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ अमित यादव, बिवेक यादव र बिशाल यादवले सामान २ बिकेट तथा उमाशंकर यादवले १ बिकेट लिए । १ सय २८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य बिना कुनै बिकेटको नोक्सानीमा भेटाए ।
शिब्सलाई सजिलै उक्त लक्ष्य भेटाउन बिवेक यादवले ४७ बलमा ७ चौक्का र ३ छक्काको मद्धतले ६८ रनको योगदान दिएका थिए भने आशिष झाले ४५ बलमा ८ चौक्काको मद्धतले ५२ रनको योगदान दिएका थिए । दुवै ब्याटस्म्यान नटआउट रहे । खेलको म्यान अफ द म्याच आर्कषक ब्याटिंग तथा उत्कृष्ट बलिंग गरे वापत शिब्सका बिवेक यादव घोषित भए ।
युथ क्रिकेट एकेडेमी राजविराजको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गतको फाइनल खेल शुक्रवार शिब्स सेकेण्ड्री र लाली गुराँस बिच हुने जानकारी आयोजक समितिका अध्यक्ष बिरेन्द्र यादवले बताएका छन् ।

Online Saptari
Online Saptari

About The Author