• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

दोश्रो दिनको खेलमा दुर्गा र लाली गुराँसको जीत

दोश्रो दिनको खेलमा दुर्गा र लाली गुराँसको जीत

राजबिराज, १२ पुस । महेन्द्र बिन्देश्वरी बहुमुखि क्याम्पसको मैदानमा सोमवारदेखि सञ्चालन भएको रमपम अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगतको बुधवारको खेलमा दुर्गाले शारदालाई ५ बिकेटले तथा लाली गुराँसले लिटिल फ्लावरलाई ५ बिकेटले पराजित गरेको छ ।
तेश्रो दिन अन्र्तगतको पहिलो खेलमा शारदाले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा ९१ रनको योगफल तयार पारेका थिए । शारदाका लागि अनिल शर्माले ३० तथा इन्द्रदेव साहले १२ रनको योगदान दिए । दुर्गाका प्रविण चौधरीले ४ बिकेट लिएका थिए भने प्रशान्त केशी, उदित राय र निलेश देवले सामान १ बिकेट लिए ।
९२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गाले उक्त लक्ष्य १८ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा भेटाए । दुर्र्गाका लागि प्रशान्त राई १८, निलेश देव १६ तथा उदित राय र प्रविन चौधरीले क्रमशः ११ र १० रनको योगदान दिए । बलिङ्गतर्फ शारदाका राजकुमार मुखिया २ तथा ओम प्रकाश यादव र अनिल शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच दुर्गाका प्रविण चौधरी घोषित भए ।
बुधवार नै सम्पन्न एक अर्को खेलमा लिटिल फलावरले टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई ७२ रनमै समेटिएको थियो । लिटिललाई सस्तोमा समेटन लाली गुराँसकालागि जमल खान ४ तथा अमर यादवले ३ महत्वपुर्ण बिकेट लिए भने मो. सकिश र राकेश यादवले क्रमश ः २ र १ बिकेट लिए भने लिटिलका एक मात्र खेलाडिले दोहोरो अंक स्वरुप १९ रनको योगदान दिए ।
७३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लाली गुराँसले १४ ओभरमा उक्त लक्ष्य ५ विकेटको नोक्सानीमा भेटाए । लाली गुराँसका लागि मो.सकिमले १५ तथा मो. जमिल र मो. जावेदले सामान ११ रनको योगदान दिए । बलिङ्गतर्फ लिटिलका अभय थापा र मो. उमार फारुकले सामान २ बिकेट तथा तिलक लामाले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लालि गुराँसका मो. जमिल घोषित भए ।
युथ क्रिकेट एकेडेमी राजबिराजको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्र्तगत बिहिवारको अन्तिम लिग खेल शिब्स सेकेण्ड्री र शारदा सेकेण्ड्री बिच हुने जानकारी आयोजक समितिका अध्यक्ष बिरेन्द्र यादवले जानकारी गराएका छन् ।