• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

१६औं अन्तर्राष्ट्रिय सम्मेलनकालागि कार्यसमिति गठन

१६औं अन्तर्राष्ट्रिय सम्मेलनकालागि कार्यसमिति गठन

राजविराज, १० पुस । सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न १५औं अन्तराष्ट्रिय मैथिली सम्मेलनबाट आगामी १६औं सम्मेलनकालागि १ सय २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सम्मेलनमा सहभागीहरुबाट कार्यसमितिको नामावली पारित गराई सार्वजनिक गरिएको हो । समितिको मुख्य संरक्षकमा पद्मश्री डा. सी.पी. ठाकुर, संरक्षक मण्डलमा झारखण्ड सरकारका मन्त्री, नेपाल प्रभारी रामभरोसी कापडी भ्रमर, शोभाकान्त दास (मद्रास), पंडित कामदेव झा (कोलकत्ता), कृष्णानन्द झा (देवघर) रहेका छन् ।
यस्तै समितिको अध्यक्षमा डा. महेन्द्र नारायण राम (पूर्व अध्यक्ष मैथिली अकादमी), उपाध्यक्षमा शुभचन्द्र झा (राजविराज), डा. बुचरु पासवान (भारत), प्रा. शितलाम्बर झा (मधुवनी), अशोक झा (कोलकत्ता), रामअशिष यादव (जनकपुर) र प्रविण नारायण चौधरी (विराटनगर) रहेका छन् । समितिको प्रधान महासचिवमा डा. वैद्यनाथ चौधरी बैजु (संस्थापक), महासचिवमा दिपक कुमार झा (मुंबई), करुणा झा (राजविराज), कोषाध्यक्षमा प्रा.जीवकान्त मिश्र (दरभंगा) रहेका छन् भने सचिवमा विनोद कुमार झा (दरभंगा), विजयकान्त झा (दरभंगा), प्रा. उदयशंकर मिश्र (दरभंगा), अमरेन्द्र झा (दिल्ली), विवेकान्नद झा (चेतना समिति) र प्रदिप झा (दरभंगा) रहेका छन् ।
यस्तै संयुक्त सचिवमा दिनेश मिश्र (दिल्ली), रामकुमार यादव (दरभंगा), मदन यादव (दरभंगा), प्रा. चन्द्रमोहन झा (परवा), स्मारिका सम्पादक चन्द्रेश, कविगोष्ठि प्रभारी डा. जयप्रकाश चौधरी (जनक), विचारगोष्ठि प्रभारी मणिकान्त झा, मिडिया प्रभारीमा प्रा. चन्द्रशेखर झा (बुढाभाइ) र श्यामसुन्दर यादव ‘पथिक’ (राजविराज) रहेका छन् ।
१६औं अन्तराष्ट्रिय मैथिली सम्मेलन जनकपुरमा हुने तय भएको प्रधान महासचिव डा. वैद्यनाथ चौधरी बैजुले जानकारी दिएका छन् ।