मैथिली फिल्म ‘राज्जा रानी’को गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

मैथिली फिल्म ‘राज्जा रानी’को गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)
Sinha Tempo

राजविराज, १० पुस । प्रदर्शनमा आउनु अघि नै सर्वाधिक चर्चामा रहेको ‘रज्जा रानी’ मैथिली फिल्मको गीति भिडियो आइतवार सार्वजनिक भएको छ ।
बुढा सुब्बा डिजिटल युट्युब च्यानल मार्फत चिपक चिपक चिपकल जे राजाजीके तस्विर दिलके भित्तामे…’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा चर्चित नेपाली गायक नरहरी प्रेमी र मिथिला क्षेत्रकी लोकप्रिय गायिका अन्जु यादवको सु–मधुर स्वर रहेको छ । वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द एवम् अशोक दत्तद्वारा मैथिली अनुवाद गरिएको उक्त गीतमा दिपक शर्माको सङ्गीत रहेको छ ।
नायक नाजिर हुसेन र नायिका केकी अधिकारीको बेजोड अभिनय रहेको फिल्म ‘राज्जा रानी’ले पश्चिम मधेशको जनजाति समुदायको कथालाई आधार बनाएर दाइजो प्रथाका कारण उत्पन्न सामाजिक समस्यालाई उठान गरिएको छ । यस अतिरिक्त नोकझोंकका साथै प्रेमसँग सम्वन्धित रोमाञ्चक प्रसङ्गहरुले दर्शकहरुको मन जित्नेमा निर्माण पक्षको विश्वास छ ।
‘राज्जा रानी’ मैथिली सिनेमा आर्यन फिल्मस र भोर कम्पनी प्रा.लि को संयूक्त प्रस्तुतिमा रिलिज हुन लागेको छ । चलचित्रको निर्देशन यम थापाले गरेका छन् । कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय उक्त चलचित्रमा भूमिका रहेको छ ।
नेपाली र मैथिलीमा निर्माण भएको ‘राज्जा रानी’ आगामी पुस २१ गतेदेखि प्रदर्शनमा आउने भोर कम्पनी प्रा.लि.का सीईओ राजकुमार महतोले जानकारी दिएका छन् । उनका अनुसार मैथिली फिल्म ‘राज्जा रानी’को निर्मातामा रमेश एमके पौडेल र राजकुमार महतो रहेका छन् भने एसोसिएट निर्मातामा रेखा महतो र डबिङ्ग को–अर्डिनेरमा रबिन्द्र झा रहेका छन् ।
‘राज्जा रानी’ चलचित्र देश बाहेक भारतको मैथिलीभाषी क्षेत्रहरुका साथै विभिन्न देशहरुमा समेत प्रदर्शन गरिने महतोले जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस्

Online Saptari
Online Saptari

About The Author