• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनअपेक्षा अनुसार काम गर्न अतिरिक्त महानिरीक्षक कायस्थको निर्देशन

जनअपेक्षा अनुसार काम गर्न अतिरिक्त महानिरीक्षक कायस्थको निर्देशन

राम नारायण पंडित
सिरहा, ९ पुस । प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै अतिरिक्त महानिरीक्षक कायस्थले नेपाल प्रहरीले पब्लिकसँग सहकार्य गरेर अगाडि बढिहेको क्रममा सिरहावासीले देखाएको उदारता र सहकार्यताले सेवा अझैं प्रभावकारी भएको बताए ।
बन्दिपुर ईलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यकममा २ नम्बर प्रदेश प्रहरी प्रमुख समेत रहेका कायस्थले राम्रो, प्रभावकारी र प्रविधियुक्त नेपाल प्रहरी बनाउनेतर्फ प्रयास जारी रहेको जनाए । उनले नागरिक समाजले शान्ति सुरक्षाको बारेमा चर्चा र सरोकार मात्रै राखेर नहुने भन्दै शान्ति सुरक्षा कायम गर्ने सबालमा नागरिक समाजको सहभागिता आवश्यक रहेको स्पष्ट गरे । नागरिकको सक्रिय सहभागिता विना प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न कठिन रहेको समेत उनले बताए ।
अतिरिक्त महानिरीक्षक कायस्थले आइतवार सिरहाको सुखिपुरमा नवनिर्मित ईलाका प्रहरी कार्यालयको भवनको समेत उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
अतिरिक्त महानिरीक्षक कायस्थको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघका उपाध्यक्ष सविता कायस्थ, संघीय प्रहरी ईकाई कार्यालय राजविराजका प्रहरी बरिष्ठ उपरीक्षक हरिभक्त प्रजापति, सिरहाका निमित प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई, नयाँ गोरख गणका गणपति प्रमुख सेनानी मनोज भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय सिरहाक उप–निर्देशक रिबेन गच्छदार, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरिक्षक गोपाल गुरुंग, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोईराला, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्ध बज्राचार्य, कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान लगायतको सहभागिता रहेको थियो ।
ईलाका प्रहरी कार्यालय बन्दिपुरको नवनिर्मित भवन मुल्य अभिबृद्धि करसहित १ करोड ६८ लाख ७८ हजारको लागतमा निर्माण भएको छ । ८ कट्ठा जग्गामा निर्माण भएको प्रहरी भवनमा कार्यालय, आवास, शौचालय, महिला र पुरुषका लागि बैग्ला बैग्लै हिरासत कक्ष गरी १३ बटा कोठाहरु रहेका छन् ।