• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सेभ द सप्तरीको साधारण सभा सम्पन्न

राजविराज, ४ पुस । सेभ द सप्तरीको वार्षिक साधारण सभा मङ्गलवार एक समारोहका बिच सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष धु्रव प्रसाद देवले आर्थिक वर्ष २०७३÷०७४ को ६ करोड २५ लाख २९ हजार २ सय ८ रुपैयाँका आय–व्यय प्रस्तुत गरेका छन् । २०५६ सालमा स्थापना भएको संस्थाले सेभ द चिल्ड्रेन ईन्टरनेशनल, युएसएड फन्ड बोर्ड, युनिसेफ, युएनएफपिए, कारितास, ओक्सफाम, सिएडिपी लगायतका दातृ निकायहरुको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन गर्दैआएको उनले जानकारी दिए ।
संस्थाले शिक्षा, कृषि, सिंचाई, स्वास्थ्य, सशक्तिकरण, जनचेतनामूलक, तथा भौतिक पूर्वाधार सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै गरिबी न्यूनिकरणकोलागि लक्षित वर्गको जीवनयापन गर्ने पद्धतीमा विकास, आपसी मेलमिलाप र द्वन्द्वरहित वातावरणलाई निरन्तर मध्यनजर राखी कार्यक्रम सञ्चालन गर्दैआएको अध्यक्ष देवले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले सामाजिक रुपान्तरणमा गैरसरकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सप्तरीको विकासमा थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए । विगत १८ वर्षदेखि निरन्तर रुपमा काम गर्दैआएको संस्था आगामी दिनहरुमा जनमुखि कार्यक्रमहरु ल्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बज्रमोहन कोइराला, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डल, पत्रकार श्रवण कुमार देव, प्रिया सिंह थारु, सबल नेपालका अध्यक्ष जुना गिरी, सेभ द चिल्ड्रेनका रामबाबु साह, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि गोमा पौडेल, रेस्टलेश संस्थाका धिरेन्द्र प्रसाद चौधरी, आयोजक संस्थाका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाकी साबित्रा तिमिल्सिनाले गरे ।