• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकारको आग्रहमा अध्यक्ष मण्डलद्वारा चर्पी निर्माण

पत्रकारको आग्रहमा अध्यक्ष मण्डलद्वारा चर्पी निर्माण

राजविराज, २ पुस । छिन्नमस्ता गाउँपालिका वडा नम्वर–२ रामपुराको दलित बस्तीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नेतृृत्वको टोलीले चर्पी बनाउन आग्रह गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल ‘कुरूड’ आफै चर्पी बनाएको थिएन, तर महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाको आग्रहमा चर्पी निर्माण कार्य थालेका छन् । उनले एक साताभित्रै चर्पी निर्माण गरी प्रयोगमा आईसक्ने प्रमुख मण्डलले बताए ।
अध्यक्ष मण्डलले गाउँपालिकालाई एक हप्ताभित्रै सबैको घरमा चर्पी निर्माण भई चाँडै खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएको छ । रम्पुरा पुगेर पत्रकारको टोलीमा समेत उनले चर्पी बनाउन घरदैलो पुगेर आग्रह गरेका छन् ।