• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कागजमा सिमित खुल्ला दिसामुक्त घोषणा

बृजमान तामाङ/बिरेन्द्र बजार १ पुस । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका खुला दिसामुक्त घोषणा कागजमा सिमित रहेको छ ।
गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि खुला ठाउँमा दिसा गर्नेमा कमी नआउँदा घोषणा कागजमा मात्र सिमित रहेको हो । अझैं पनि खुला ठाउँमा दिसा गर्नेको सङ्ख्या अत्यधिक पाएको छ । गाउँपालिका खुला दिसामुक्त घोषणा भए पनि कतिपय घरमा चर्पी नभएर, भएकोमा समेत दिसा गर्ने अवस्था नरहेकोले खुला ठाउँमा दिसा गर्नेको सङ्ख्यामा बृद्धी भएको हो ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाको धेरैजसो क्षेत्रको बाँसघारी, बाटो, पोखरी, बगैंचा र सार्वजनिक क्षेत्रहरुमा यत्रतत्र देख्दा दिसामुक्त घोषणा क्षेत्र कागजमा सिमित रहेको भन्ने सजिलै अनुमान गर्न सकिन्छ । सहयोगी संस्था र साझेदारी संस्थासँगको मिलोमतोमा हचुवामा दिशामुक्त औपचारिकता पुरा गर्न मात्र गरेको स्थानियवासीले आरोप लगाएका छन् ।
सरकारले सहयोग नगरेकोले घरमा चर्पी बनाउन नसकेको सुनाउँदै अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर २ का गुप्ता सदाले खुला क्षेत्रमा गएर दिसा गर्न बाध्य भएको बताए । यस्तै सोही स्थानका एक दर्जन भन्दा बढीको घरमा चर्पी भए पनि चर्पीमा दिसा गर्ने अवस्था नरहेकोले खुला ठाउँमा दिसा गर्ने गरेको उनले जानकारी दिए । चर्पी निर्माण भए पनि काठ मिस्त्री नपाएकाले ढोका नहुँदा खुल्ला ठाउँमा दिसा गर्न बाध्य रहेको सोही वडा कलौनीका पुलकित चौधरीले बताए ।
उनीहरु त पात्र मात्र हुन् धेरै घरपरिवार चर्पी बिहीन छ र यहाँका ४० प्रतिशतले चर्पीको प्रयोग नगरेको कुरा स्थानीयवासीले जानकारी दिएका छन । पूर्ण चर्पी नबनी हतारमा गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरेर एनजिओहरुले अभिष्ट मात्र पुरा गरेको स्थानिय बुद्धिजिवीहरुको भनाई छ । खुला दिसामुक्त घोषणा भएर पनी खुल्ला सौच गर्नेको सङरख्यामा कमी नअएको बारे अग्नी साईर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीले अझै पनि खुला ठाउँमा दिसा गर्नेमा कमी नआएको स्वीकार गरे । गाउँपालिकामा १० प्रतिशतको चर्पी नभएको तथा भएकाहरुले पनि चर्पीको प्रयोग नगरेको जानकारी दिँदै उनले गाउँपालिकालाई पुर्ण खुला दिसामुक्त गर्न कडा रुपमा दबाबमुलक कार्यक्रम ल्याउने तयारी भईरहेको बताए ।