सप्तरीमा रसायनिक मलको चरम अभाव कायमै (भिडियो हेर्नुहोस् )

सप्तरीमा रसायनिक मलको चरम अभाव कायमै (भिडियो हेर्नुहोस् )
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ मंसिर । कृषि सामग्री केन्द्र लिमिटेडले समयमै मल आयात नगर्दा सप्तरीमा रसायनिक मलको चरम अभाव भएको छ ।
कृषि सामग्री केन्द्र लिमिटेडले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध हुन नसक्दा मलको हाहाकार भएको हो । गहँुको विउ छर्न किसानलाई चटारो रहेको बेला रसायनिक मलको अभाव हुँदा सप्तरीका किसानहरु चिन्तित भएका छन् । सप्तरीको राजविराज स्थित कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्था मार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएको छ ।
सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको मलखादमा डिलरले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको किसानहरुको गुनासो छ । डिलरहरुले गहुँको विउ छर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै डिएपी मलखादमा निर्धारित मूल्यभन्दा प्रति बोरामा रु ३ सयदेखि ४ सयसम्म बढी मुल्य बढाएर बिक्री गर्ने गरेको किसानहरुको गुनासो छ ।
जिल्ला सहकारी संघका प्रवन्धक रमेशकुमार गुप्ताले आफुहरुलाई नै कम रसायनिक मल दिने गरिएका कारण माग अनुसारको आपूर्ति गर्न नकिएको बताएका छन् । प्रबन्धक गुप्ताले साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडमार्फत आफुहरुलाई मलखाद उपलब्ध हुने गरेको भन्दै त्यहाँबाट प्रर्याप्त मात्रामा उपलब्ध हुँदा मात्र आपूर्ति सहज हुने जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस् 

Online Saptari
Online Saptari

About The Author