सप्तरीमा समानुपातिकतर्फ पहिलो राजपा, दोस्रो कांग्रेस

सप्तरीमा समानुपातिकतर्फ पहिलो राजपा, दोस्रो कांग्रेस
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ मंसिर । सप्तरी जिल्लामा समानुपातिकतर्फ प्रतिनीधि सभामा १२ र प्रदेश सभामा १७ वटा दलले मात्रै १ हजारभन्दा बढी मत ल्याएका छन् ।
प्रतिनिधि सभामा १ सयभन्दा कम मत पाउने दलको संख्या २४ र १ हजार भन्दा कम मत पाउने दलको संख्या ४७ रहेको छ । प्रदेश सभातर्फ १ सयभन्दा कम मत पाउने दल ४ र १ हजार भन्दा कम मत पाउने दलको संख्या १७ रहेको छ ।
जिल्लामा प्रतिनीधि र प्रदेशसभा दुवैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी वनेको छ । राजपाले प्रतिनिधि सभातर्फ ४७ हजार ५९९ र प्रदेश सभातर्फ ४२ हजार ६०० मत पाएको छ । यसैगरी, दोश्रो दल बनेको नेपाली कांग्रेसले प्रतिनीधि सभातर्फ ४५ हजार ३ सय १ र प्रदेश सभातर्फ ३८ हजार ७ सय ३३ मत पाएको छ ।
प्रतिनिधि सभातर्फ ३२ हजार ४ सय ९० र प्रदेशमा ३० हजार २ सय २८ मत प्राप्त गरी संघीय समाजवादी फोरम, नेपाल तेश्रो दलको रुपमा स्थापित भएको छ । प्रतिनिधि सभातर्फ ३० हजार ५२५ र प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरी नेकपा एमाले चौथो दल बनेको छ । यसैगरी माओवादी केन्द्रले प्रतिनीधि सभातर्फ १८ हजार ८ सय २० र प्रदेशसभा तर्फ १६ हजार ५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: