• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

किर्ते नागरिकता बनाउने दुई कर्मचारीसहित ६ जना पक्राउ

किर्ते नागरिकता बनाउने दुई कर्मचारीसहित ६ जना पक्राउ

राजविराज, २८ मंसिर । किर्ते नेपाली नागरिकता बनाउने दुई कर्मचारीसहित ६ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका वडा नम्वर ७ स्थित राजरंङ्गशालाबाट उनीहरुलाई पक्राउ गरी विहिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर १० का सचिव ४९ वर्षिय मो.वकिल मियाँ र जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत ३० वर्षीय अजयकुमार यादव रहेका छन् । यस्तै, भारतको उत्तरदेनापुर जिल्लाको अन्तकोठा ग्राम पञ्चायत निवासी ३१ वर्षीय मो.लतिफुर रहमान, भारतकै किसनगंज जिल्लाको तिवरीया ग्राम पञ्चायत निवासी २६ वर्षीय मो. नवेदन, सुनसरीको हरिपुर निवासी ५५ वर्षीय कलिम मियाँ र झापाको विर्तामोड निवासी २० वर्षीय मो.सईरोलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
उनीहरुको साथबाट नक्कली नागरिकता बनाउन प्रयोग हुने नेपाल सरकारको होलोग्रामसहितको विभिन्न छाप, एक लाख नगद र तयारी अवस्थामा रहेको चार थान नक्कली नागरिकता बरामद गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । प्रहरी उपरीक्षक सिंहले उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको बताए ।