सप्तरीमा समानुपातिकतर्फ कांग्रेस र राजपा अगाडि

सप्तरीमा समानुपातिकतर्फ कांग्रेस र राजपा अगाडि
Sinha Tempo

राजविराज, २७ मंसिर । समानुपातिकतर्फको प्रतिनीधि सभा र प्रदेश सभाको मतगणनाको पछिल्लो परिणाम अनुसार देशैभरि नेकपा एमाले अग्र स्थानमा रहेको छ ।
प्रतिनीधि सभाकालागि नेकपा एमालेले २२ लाख ८१ हजार २ सय १८ मत प्राप्त गरी अग्रस्थानमा रहँदैआएको छ । नेपाली कांग्रेसले २१ लाख ९२ हजार १ सय ५० मत, माओवादी केन्द्रले ९ लाख, ३५ हजार ५० मत, संघीय समाजवादी फोरम नेपालले ३ लाख ९ सय ८६, राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ३९ हजार ३ सय ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी एक लाख ५० हजार ९ सय ३१, विवेकशील साझा पार्टीले एक लाख ४८ हजार ३ सय ५१, नयाँ शक्ति पार्टी नेपालले ६३ हजार एक सय ५०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्र.) ५२ हजार ६ सय ५७, राष्ट्रिय जनमोर्चा नेपाल ३८ हजार २ सय ८३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
सप्तरी जिल्लामा प्रतिनीधि सभातर्फ नेपाली कांग्रेसले ३२ हजार २ सय २७ मत, राष्ट्रिय जनता पार्टी नेपालले ३१ हजार ७ सय २५, नेकपा एमाले २१ हजार १ सय ५०, संघीय समाजवादी फोरम नेपालले २० हजार ४ सय ३०, माओवादी केन्द्र १३ हजार ४ सय ३५, नयाँ शक्ति पार्टी २ हजार १ सय ५६ मत पाएका छन् ।
यसैगरी सप्तरी जिल्लामा प्रदेश सभातर्फ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल २८ हजार ३ सय ९३, नेपाली कांग्रेस २७ हजार ४ सय ५६, नेकपा एमाले १९ हजार ३ सय ६०, संघीय समाजवादी फोरम नेपाल १८ हजार ८ सय १८, माओवादी केन्द्र ११ हजार ४ सय ६१ र नयाँ शक्ति पार्टीले २ हजार १ सय ७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author