• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा ६९.८१ प्रतिशत मतदानः शुक्रवार विहानदेखि मतगणना हुने

सप्तरीमा ६९.८१ प्रतिशत मतदानः शुक्रवार विहानदेखि मतगणना हुने

सप्तरी, २१ मंसिर । दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सप्तरी जिल्लामा करिब ६९.८१ प्रतिशत मतदान भएको छ ।
जिल्लाको चार वटा निर्वाचनमा क्षेत्रमा कायम गरिएको २९५ मतदानस्थल मध्ये २ सय ९४ मतदानस्थलमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । बिहीबार विहान ७ बजेदेखि वेलुकी ५ बजे सम्म भएको मतदानमा लगभग ६९.८१ प्रतिशत मत खसेको उनले बताए ।
जिल्लामा कायम भएको ४ सय ७८ मतदान केन्द्रको मत पेटिका ल्याउने क्रममा जारी नै रहेको जानकारी दिदै मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले शुक्रबार बिहान राजनीतिक दलसँगको बैठकपछि मतगणना शुरु हुने जानकारी दिएका छन् । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ भने क्षेत्र नंं. २ अन्तर्गत महादेवा गाउँपालिका–२ महदेवा टोलका स्थानियले मतदान वहिस्कार गरेपछि आधारभुत विद्यालयमा महादेवा मतदानस्थलमा मतदान भएको छैन् । यद्यपी त्यहाँ मतदानकालागि राखिएका खाली मतपेटिकाहरु समेत ल्याईएको छ ।
जिल्लाको भारतीय सिमा नाकासँग जोडिएका नाकाहरु सिल गरिएकोमा १२ बजे राती पछि सम्पूर्ण नाकाहरु पूर्ववत खुल्ला हुने जनाईएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक जाँच, गस्ती पेट्रोलिङ्ग कार्यलाई कडाईकासाथ निरन्तरता दिईएको थियो ।
जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा महिला १ लाख ६६ हजार २ सय ६, पुरुष १ लाख ७९ हजार ९ सय ८७ र तेश्रो लिङ्गी २१ गरी कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेका छन् ।